
धनराज सिलवाल
हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ
यो देशको मायालाई बोकी तारा झैँ सदा नै चम्कन्छौँ।
बालक भएर पनि अठोट ठूलो लिई हिड्दछौँ
अज्ञान यो अँध्यारो पनलाई शिक्षाको ज्योतिले हटाउँछौँ।
सधैंभरी हामी सब चिन्तित देशको लागि
कलम र हृदयलाई लगाऊँ देशकोलागि।
आमा सम्झी यो धर्तीलाई माया पनि गर्छौं
विश्वसामु चम्किरहन ज्ञानको ज्योति छर्छौँ।
कलिलो सोचाई लिई हामी सब अध्यनमा लम्कन्छौँ
कोपिला फक्रेझैँ गरि सन्सारमा मोती झैँ चम्कन्छौँ।
हामी सबलाई राम्रो लाग्छ जूनेलीको रात
कलम कापी बोकि हिड्र्छौँ गुरुहरूको माझ।
बोलि हाम्रो कलिलै छ हात खुट्टा त्यस्तै
फक्रनलाई बाँकी नै छ कोपीला जस्तै।
विश्वको अगाडि पुग्न पाईला बेजोडले चाल्दैछौँ
ज्ञानको ज्योतिलाई अब ह्रदयदेखि नै बाल्दैछौँ।
चन्द्र सूर्य छुने लक्ष्य बोकी हामी पढ्र्छौँ
गरिब तथा दीनदुःखीको राम्रो काम गर्छौँ।
रोहिरहने धर्तिमाँको आँसु पुछि छाड्छौंँ
सुन्दर पार्दै यो भूमीलाई रमाइलोले नाच्छौँ।
विद्यार्थी बालक हामी उद्धेश्य बलियो लिदैछौँ
यो धर्ति सुन्दर पार्न शिक्षाको बाटोमा हिड्र्दैछौँ।





