
लक्ष्मी बडाल
…”दिनभरी थाकेर आएकी छौ खेतबारीमा कामगरेर किन यति धेरै दु:खगर्छौ तिमीले कहिलेसम्म हो यो तिम्रो चटारो ए समीरा !” मनिराले कराउँदै भनिनन् समीराका घरैमा आएर।
हेर मेरो मनभरी ग्लानी छ ! समिरा चुपलागेर सुत एक्छिन आरामगर बस , गफ्गाफ गर त्यसपछि तिमीलाई जे गर्न मन लाग्छ गर है भनेर मनिराले निकै बेर सम्झाउँछिन् समिरालाई!
समिरा … के गर्नु दिदी नगरेर काम सधैँ म एक्लै एक्लै छु जताततै कामै काम छ यस्तो बिजोग म हेर्न सक्तिन रात गए एउटा बिहानी छ बिहानी गए मनका थुप्रै थुप्रै बेदनाका कहानी छ ! मैले घर व्यवहार नहेरे कसले हेर्छ हेर मनिरा!
… फेरि मनिराले सम्झाउँदै भन्छिन् समीरा तिमी मेरी मिल्ने साथी हौ त्यो भएर तिमीलाई मैले भनेकी हुँ । आफ्नो जीवन रहे पो । जीवनमा कति मन जलाएर काम गर्छौ ! काम नगर भनेकी त कहाँ हो र फेरि तिमी कम्जोरी छौ बेलाबखत बिरामी परेको देखेकी छु मजदुरले काम गरेजस्तै गरेकीछौ। घरमा यत्रा कामगर्ने छोराछोरीहरु छन् सबैले मिलेर काम गर्नु पर्छ पो भनेकी त । बारी खेत वा करेसाबारी सबैतिर तिम्रै डाढ सेकिएको छ । भन्न सक्तिनौ तिमी, त्यो भएर पो दु:ख पाउँछौ !
समिराले भन्छिन् छोराछोरी सानै छन् बाल हिँसा गर्नु हुन्न। सपना पनि त यिनै हुन् मेरा। यी बिचारा सन्तान बाहेक अरु बिकल्पमा म कल्पना पनि गर्न सक्तिन साथी मनिरा …।
थोरै गाँठ कमाए पनि हामी लाचार छैनौँ। दाउरा घाँस कुटो कोदालो गरेर पनि सबै सन्तानको भविष्यका निमित्त काम गरेका हौँ। म यसारी निमिट्यान्न बसेर पनि भएन! सन्तानका सपना भोलि बन्धकीमा पारी दिनु भएन सकेसम्म गर्छु नसके भन्छु नानी बाबु मलाई गाह्रो भो भनेर ! आफुले जन्माएपछि उनीहरुलाई हामीले सकुन्जेल इज्जत गरिदिनु पर्छ। तब छोराछोरीले पनि ठुलो भएपछि आमा बाबाका वेदनाहरु आफैँ बुझ्छन। आफ्नो अध्यनमा पनि ध्यान राखे त हुने हो। मैले भनिरहनुपर्ने त होइन तर आजकलका बच्चाहरुले त्यो बुझ्दैनन् ! म पनि अब आफ्नो कामसँगै उत्साह साथ यी नै बिरुवाका मुख् हेरेर बाँच्छु ।श्रीमानज्यु बाहिर कामगरेर केहि कमाइगरेर आउँनु हुन्छ भोकले तड्पिएर। आफ्नो समस्याको छाक पनि टार्नु पर्छ बच्चाको पनि सबै ख्याल गर्नु पर्छ!
हेर मनिरा आफ्नो खुसीको लागि खेलसँगै खेल्नु पर्छ । त्यसैले हेर कामले मुटु पोले पनि मायाले पोल्दैन ! ऋण लागेको ऋण हामीले नै कमाएर सबैको नजरमा असल मान्छे बनेर तिर्नु पर्छ। हामी श्रीमान श्रीमती मिलेर ! त्यसैले हेर साथी हामीले जिउँ ज्यानले सकेको काम गर्नु पर्छ खुसी पक्का एक्दिन आउँछ।
ओहो समिरा ममा बल्ल बुध्दि पलाएयो । म त छोराछोरीलाई सधैँ काममा जोताएर दलाउने गर्थे हेर म यसरी गाउँगाउँमा सबैलाई अल्मलाउने पो रहेछु अब देखि म पनि बाल हिंसा गर्दिन।
तिमीले भने झैँ आफ्नो अस्तित्व अब म हराउँदिन सबैको सल्लाहमा चल्छु ।ल है समीरा म गए ।अब म पनि आफ्नो सहत्रामा उन्नतिका खातिर बनेर तिम्रो सन्देश लिन्छु एकरथका दुई पाङग्रा भएर!
समीराले खुसी हुँदै भनिन् बाल हिँसा ठुलो अपराध हो बल्ल तिम्रो घैँटोमा घाम लागेछ मिनिरा!





