“बाह्र महिना”


रञ्जुश्री पराजुली

बर्षका बाह्र महिना
फरक रुपका हुन्छन्
कहिले औधी गर्मी
कहिले तीखो जाडो।

बैसाख मैना नयाँ  बर्ष
चहकिलो भै आउँछ
जेठ मैना लामो दिन
हावा हुरी ल्याउँछ।

असार मैना धान रोप्ने
जोश जाँगर छाउँछ
हाम्रो देश कृषि प्रधान
भात खाने धान रोप्नुपर्छ।

साउन महिना जता ततै
हरियो सुन्दर देखिन्छ
झरी पनि उग्र भै
दर्किएर धेरै दिन पर्छ।

भदौ महिना सङै ल्याउँछ
हाम्रा राम्रा चहाड धेरै
असोज मैना ठुला चहाड
हाम्रो दसैं ठुलो।

कार्तिक  मैना  यमपंचक
पाँचै दिन चहाड ठूलो
काग कुकुर गाई गोरु
दिदीभाइ पुजा हुन्छ।

मंसिर मैना खेतको धाक
पाको भै पाक्छ
बर्षदिन खाने अन्नले
भकारी भरिन्छ।

पुस मैना छोटो दिन
फासपुस हुन्छ
छोटो दिन हुनाले
रात चांडो पर्छ।

स्कुल बिदा केटाकेटी
रमाएर खेल्छन्
घाम ताप्दै किताब पढ्दै
आँगनमा मिलेर बस्छन्।

सुन्तला र भोगटे मिठ्याएर खान्छन्
बदाम पनि चपाउन मीठो हुन्छ
सनिबार सबै जना घाम तापी बस्छन्
सबै मिलि सुन्तला भोगटछोडाएर साँध्छन्

फागुन मैना बिदा सकि
पाठशाला खुल्छ
नयाँ  पुस्तक ठूलो कक्षा
मिहनत गरि पढ्नु पर्छ

चैत मैना घाम लाग्छ
उराठ लाग्दो हुन्छ
बैसाखमा फेरि अर्को
नयाँ बर्ष लाग्छ।

प्राकृतिको यस्तो नियम
सधैं लागू हुन्छ
यस्तै हो हाम्रो उन्को
सम्बन्ध मिलेको।