
फेसबुक कवि
दोलखा
पाँच वर्षको सुरेन्द्र हात समाउँदै आमासँग बजार गईरहेको थियो । बाटामा फूल, चरा, मान्छे, जनावर धेरै कुराहरु देखेर मज्जा लिइरहेको थियो । त्यही बाटामा एक हुल मान्छेहरु “जय भगवान, जय भगवान” भजन गाउँदै आइरहेका थिए । सुरेन्द्रलाई अचम्म लाग्यो, घरमा पनि हजुरआमा “जय भगवान, जय भगवान” भन्नुहुन्छ । के हो यो भगवान भनेको ? उसले आमालाई सोध्यो,“आमा यी मान्छेहरु किन भगवान भगवान भन्छन्, भगवान भनेको के हो भन्नुस् त ? आमा टक्क बाटैमा रोकिइन र सुरेन्द्रको मुहार हेर्दै सोचिन कसरी यती सानो बालकमा यो शब्दको अर्थ जान्ने इच्छा भयो होला र आमाले भनिन् “तिमी बुझ्दैनौ बाबु, पछि बुझौला” सुरेन्द्रले जिद्धी गर्यो “भन्नुस् न आमा भन्नुस्, भन्नुस् भनेका जती बुझ्छु बुझ्छु नत्र जान्नके भन्दै आमाको हात छोडी थ्याच्च बाटैमा बस्यो ।” “हैन कस्तो जिद्धी गरेको ? भगवान भनेको असल मान्छे, राम्रो मान्छ, सबको न्याय गर्ने मान्छे बुझ्यौ”। “हैन आमा म मान्दिन भगवान मान्छे हो र? खै त कहिल्यै मैले कहिल्यै भगवान देखेको छैन”। आमा संझाउँदै गइन्, सुरेन्द्रले मानेन।
छोराको टाउको सुम्सुम्याउँदै आमाले भनिन्, “देख्न छुन छाम्न चाहान्छौ त लौ सुन भको अर्थ भूमि भगवान, गको अर्थ गगन आकाश, बको अर्थ वायु, आको खर्थ अग्नि आगो, नको अर्थ नीर जल पानी । बुझ्यौ त भगवजानको अर्थ के रहेछ । तिम्रै वरपिरि भगवान रहेनछन् त” छोरातिर हेदै भनिन् । हैन किन झुक्याउनुभएको सुरेन्द्रल् चित्तदुखाउँदै भन्यो, “कसरी हाम्रा वरिपरिका बस्तु भगवान भए ? कसरी कसरी कसरी ??” आमाले फेरि संझाइन “ भूमिले खाना दिन्छन् उभिने आधार दिन्छन् भूमि भगवान । आकाशले प्रकाश जल दिन्छन्, गगन भगवान । वायु श्वास प्रश्वास प्राण दिन्छन, वायु भगवान । अग्निले ताप प्रकाश शक्ति दिन्छन् अग्नि आयो भगवान नीर जलले तिर्खा मेट्छ सिभाइ गर्छ, जल पानी भगवान । त्यसैले भूमि गगन अग्नि वायु जल साक्षात भगवान भइनन् त बाबु ।” यतिकैमा शान्त भएर सुरेन्द्रले बुझेजस्तै गरेर भन्यो, “हो रहेछ भगवान नभए त हामी एकछिन पनि बाँच्ने रहेन छौँ, मैले बुझेँ आमा ”। आमा छोरा फिस्स आँस्दै बजार तिर लागे।





