
बिन्दु पौडेल वस्ती
भरतपुर-२,चितवन
हाम्रो घरको भित्तामा झुन्निरहन्छ साथी
दिन, महिना, सिकाउने कति राम्रो जाति
आफू भने बोल्दैन, बसी गर्छ फुर्ती
आ’को गा’को तिथिमिति देखाउँछ गन्ती
चाडबाड छुट्टी, उत्सव सारा कुरा टाँस्ने
गर्न हुन्न ढिलासुस्ती भन्दै जोडले लाउने
वर्ष दिन एउटै पोशाक एउटै स्थानमा
नयाँ वर्ष फेर्छ सारा काम अनि ठाम
रूप, रङ्ग, आकार प्रकार मूल्य पनि
परिवर्तन हुन सक्छ चाडबाडका दिन नि
मलाई हेर हरेक दिन सबले एकैछिन
गर्नुपर्छ बनाइ योजना र अनुशासन
नबोल्छ न हिँड्छ काम मात्रै लगाउने
एउटा महिना सकेपछि अर्को पाना फर्काउने
समयको मूल्य बुझाइ हिँड्न पनि सिकाउने
शान्त, सचेत शिक्षकको अनुभव गराउने
बिर्सिन्छ कि भनेर रातो घेरा कोरेर
झुन्डिएको पात्रोलाई बेलाबेला हेरेर
हिँड्नुपर्छ हामी सबै यसैको आदेशमा
भोग्नु पर्ने छैन झमेला यसको साथमा।





