
तुलसी पण्डित
बिरालोले मुसोलाई खेलाउँदै भन्यो।
“अब मेरो पञ्जाबाट उम्कन गाह्रो छ ?”
मुसोले डराउँदै भन्यो।
“बिरालो दाइ म एउटा कुरा भनुँ ?”
“के कुरा हो भनन।”
“यो संसारमा सबैभन्दा निर्दयी को हो ?”
बिरालोले यताउता हेर्दै भन्यो।
“मलाई लाग्छ यो संसारमा सबै भन्दा निर्दयी मान्छे हो।”
“होइन के गर्यो र त्यसले ?”
“गिन्ति नै छैन त्यसले गरेका कर्तुतहरू । कति भनुँ मैले।
“उसले गरेका खराव पक्षहरु म पनि जान्न चाहन्छु ?”
“आफैले पालेको जीवको हत्या गर्छ । हरेक जनावर मारेर खान्छ । सम्पत्तिको लागि बाबु आमालाई पनि मार्छ।”
“अनि?”
“साँच्चै भन्ने हो भने उसले आफ्नो स्वार्थको लागि कसैलाई पनि बाँकी राखेको छैन।”
मुसोले मसुक्क हाँस्दै भन्यो।
“मैले पनि तिमी र मान्छेमा खासै भिन्नता देखिन।”





