सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“आमा! यो के हो? आज हामिले खाने यही हो?-पाँच वर्षकी सानी छोरीले आमासँग सोध्छे।’
रूकमणिले एकटक छोरी तिर हेर्छिन केही बोल्दिनन् तर उनका नम आँखा भने बोलिरहेका थिए।’
देशैभरी अनिकालले ढाड सेक्दैथियो। टाडा/टाडा सम्म कतै पनि बेसा पाइँदैनथ्यो। तेजप्रसाद लाहुर गएको चार वर्ष बितिसकेको थियो, न उसले पैसा पठायो न उसको कुनै अत्तापत्ता थियो। घरमा सबै रेखदेख गर्ने एक्लै रूकमणि नै हुन्।
दिउँसो धने साहुको रोपाईंमा गएकी रूकमणी छोरीलाई कहाँ छाड्ने घरमा एक्लै भनेर धने साहुकै आगनिमा खेल्न लगाई र आफु नजिकै दिनभरी खेत रोपी । बिचरा चार वर्षको छोरा र पाँच वर्षकी छोरी खेल्दा खेल्दै आगनिमै निदाएछन्।
घर फर्किंदा बित्तिकै ठुलो असिनो पानी परेको थियो। बिहानै छिमेकी कहाँ डियाँसँग बन गएका बुके गरू र लालकु गाई न आउँदा रूकमणी उस्तै चिन्तित् थिइन्।
घरमा खाने कुरा केही थिएन। तोरी पेलाएको खली अगेनामा पोल्दै थिइन्।
छोरी यही त हो धने साहुका छोरा छोरीले खाने पिजा!
रूक्मनीले दुबै भाइ दिदीलाई एक एक पोलेको खली दिंदै भनी।’
“होर ! आमा आहा! कती मिठो खाउ भाइ सानी नानीले आफ्नो भाइतिर हेर्दै भनी।
रूक्मनी बर्कीले मुख छोपेर रोइरहेकी थिई।