
जस्मिन राजवंशी
कक्षा १० ई
पोखरिया मा वि,बिराटनगर
एकपटकको कुरा हो, पर्यटक आयो कोशीमा
उत्सुक दृष्टिले हेर्यो र भन्यो केही विशेष त छ यस ठाउँमा
पहाडको हरियाली र तराईको बतास
मन लोभ्याउने गरी केही त छ यहाँ खास।
प्रकृतिको सौन्दर्यता र मानिसको धैर्यता
बढायो कोशीको विस्तृत विशेषता
सुनकोशी, अरुण, तमोरको संगम छ यहीँ
पाउँदैनन् पर्यटकहरूले प्यारो दृश्य कोशी जस्तो गए पनि कहीँ।
चारकोसे झाडी फुलाउँछ, हरियालीको रङ्ग
चराचुरुङ्गी गुञ्जनछन् जहाँ छ सृष्टिको सुन्दर सङ्ग
धरान बसी हेर्दा लाग्छ, बादल खेल्छ नाच
भेडेटारमा पुग्दा त लाग्छ, स्वर्गै झरेको साँच।

साँझ पर्न लाग्दा पहाडमा शीतल छायाँ
पाथिभरा देवी मन्दिरमा शान्ति र विश्वासको माया
पानीको फोहरा जस्तो, हरियालीको भार
हेर्दा स्वर्गै झर्छ झैँ, कोशीको यो उपहार।
अब आवश्यकता छ कोशीमा पूर्वाधारको विकास
हातेमालो गरी हटाऔँ, अन्धकार र त्रास
स्थानीय स्रोत समेटी गरौँ उपयोग
पर्यटनबाट ल्याऔँ समृद्धिको सन्देश योग।
विविधताले भरिएको छ हाम्रो देशको श्रेष्ठता
सबै समुदायले मिलेर बनाएको छ एकता
सबै भिन्न भए तापनि छ एउटै मनको धड्कन
मिलेर बनाउँ हाम्रो उज्यालो भविष्यको शङ्खन।
विश्वास छ प्रकृतिमा, दिन्छ यसले उपहार अमूल्य
कोशीको पर्यटन विकासले बढाउँछ मुलुकको मूल्य
कोशीको मानिसले गर्छन् पाहुनाको सत्कार
मन जित्ने व्यवहार, देखाउँछन् आफ्नो संस्कृति र संस्कार।
किरात नृत्यको झल्को, स्वादिलो परिकार
सांस्कृतिक मेलामा भरिन्छ यहाँ आधार
प्रकृति र संस्कृतिको अनौठो मेल
गजब छ कोशीको सुन्दरताको खेल।
सस्तो, सजिलो, शान्तिको यो ठाउँ छ
पर्यटकको मन यहाँ रमाउँछ
प्रकृति र संस्कृतिले बुनेको यो कथा
सुन्दर छ कोशी प्रदेशको विशेषता।
अझ बढाऔँ कोशीको सुन्दरता
बढ्नेछ यसप्रति पर्यटकको निकटता।
अझ बढाऔँ कोशीको सुन्दरता
बढ्नेछ यसप्रति पर्यटकको निकटता।





