सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं
सधैंभरि दाैडिरन्छ थाक्दैन याे मन
उमेरकाे गतिसँगै असन्ताेषी झन
तृष्णारूपी धमिराले बास जमाउने
देखिएन कसैगरी याे मन रमाउने।
मिठाेमात्र खाए पनि मन अघाएन
राम्राेमात्र लगाए नि खुसी जनाएन
आफ्नाेभन्दा अरूकाेमा नजर डुलाउने
त्यस्ताे वस्तु के हाेला त्याे मन भुलाउने?
मनखुसी भयाे भने रात झलमल्ल
यदि दु:खी भयाे भने दिनै अलमल्ल
मूल्याङ्कन आफैँ गर्छ परीक्षक बनी
कसाेगरी हुने हाेला याे मनकाे धनी?
कहिले भन्छ राताे राम्राे कहिले भन्छ कालाे
स्थिर छैन विचारमा गर्छ आलाे पालाे
सधैंभरि आफूमात्र हुन खाेज्छ माथि
माैका परे चिम्लिएर बिर्सिदिन्छ साथी।