
रम्भा पौडेल
कक्षा चालिरहेको थियो । कार्यालय सहयोगी दाइले सुचनाको रजिष्टर अगाडि सार्दै भन्नुभयो, “ म्याडम,
यो सूचना विद्यार्थीहरूलाई सुनाइदिनु रे !”
“भोलि महिला दिवस हो त्यही सूचना त होला हैन र ? हाम्रोदेशमा मनाइनेदिवसहरु सबैविदा दिएर
त मनाइन्छ । बरु यहीँ स्कूलमै कार्यक्रम राखेको भए हुने । कमसेकम विद्यार्थीले महिला दिवस भनेको के
हो ? किन मनाइने रहेछ भनेर त थाहा पाउथे ।”
कार्यालय सहयोगी दाइ केही नबोली ढोकामा उभिइरहनुभयो, एकछिन म्याडमको गुनासो सुनिरहनुभयो।
“म्याडम, सूचना सुनाइदिनुस, म अर्को कक्षामा जानु छ ।” म्याडमले “ए लल” भन्दै सूचना सुनाउनु भयो।
सूचनामा लेखिएको थियो — ‘भोलि ८ मार्च अर्थात्अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । त्यसैले विद्यालय
बन्द रहने छ । पर्सिदेखि यथाबतरुपमा खुल्नेछ।’
सूचना सुनेपछि विद्यार्थीहरु ‘हो हो’ भनेर तालि बजाउँदैखुसी व्यक्त गरे।
म्याडमले भन्नुभयो – “तिमीहरुलाई छुट्टी भनेपछि त कति दंग पर्छाै है ! राष्ट्रिय वा अन्तर्राष्ट्रिय दिवस
मनाउनुभनेको त्यो दिनको महत्व र महिमालाई बुझ्नु हो । विदा मात्रै पाएर तिमीहरुले भोलिको विषयको
बारेमा के बुझ्दछौ ?”
रीताले उठेर प्रश्न गरिन्– “त्यसोभए बताउनुहोस्म्याडम, के हो अन्तर्राष्ट्रि महिला दिवस ? केछ त्यसको
महत्व ?”
समिरले पनि भने– “हो म्याडम, आज त्यही कुरा सुनौँ, के रहेछ अन्तर्राष्ट्रिय महिला दिवसको महत्व ?”
“सबैले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा सुन्न खोजेको हो ?” म्याडमले सोध्नुभयो । सबैले ‘हो हो’
भने।
“अन्तर्राष्ट्रिय दिवस भनेको विश्वस्तरमा गहिरो प्रभाव पारेको घटना तथा उपलब्धीसंग जोडिएको
महत्वपुर्ण दिनको सम्झनामा मनाइने दिन हो।
राष्ट्रिय दिवस भनेको राजनीतिक, सामाजिक, सांस्कृतिक इत्यादि क्षेत्रमा महत्वपुर्ण परिवर्तन भई देशका
जनताले उपलब्धी प्राप्त गरेका दिन हो, जस्तै सहिद दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बालदिवस
आदि इत्यादि ।”
कक्षाका सबै विद्यार्थीले टाउको हल्लाउँदै ध्यान दिएर सुन्नथाले। “ल अब अब अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा !” “विकसित देशहरुमा पनि सन् १९२०भन्दा अगाडि महिलालाई चुनावमा मत दिने अधिकार थिएन, महिलाहरूलाई सम्पत्तिको अधिकार पनि थिएन । उनीहरुलाई घरभित्रको काम गर्न र बच्चा जन्माउने साधनको रुपमा मात्र प्रयोग गरिन्थ्यो।”
म्याडमले अगाडि भन्दै जानुभयो, “तिमीहरुलाई थाहा छ, छोरीमान्छेहरूलेअहिले स्कुलमा पढन पाएका
छौ तर पहिलेछोरी मानिसलाई पढन जान दिँदैनथे । अहिले हाम्रो देशमा सबैक्षेत्रका जागिरमा जान्छन
छोरी मानिसहरु । तर उहिलेउहिले महिलालाई घरबाहिर निस्कन दिँदैनथे । मजदुरी गर्ने महिलाहरूले
पुरुषको तुलनामा आधा मात्रै ज्याला पाउँथे । महिलाहरु सबै अधिकारबाट बञ्चित थिए ।”
“जर्मनी देशकी क्लारा जेटकिन भन्ने नाम गरेकी महिलाको नेतृत्वमा सन्१९१० मा कोपेनहेगनमा भएको
समाजवादी महिलाहरूको दोश्रो सम्मेलनमा महिलाहरुलाई हरेक क्षेत्रमा समान अधिकार हुनपुर्ने प्रस्ताव
प्रस्तुत गरिएको थियो । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । वर्षमा एकपटक महिला अधिकारको
सम्मानमा महिला दिवस मनाउनु पर्ने प्रस्ताव त्यसै सम्मेलनमा पारित गरिएको थियो ।
“समानकामको समान ज्याला, मतदानको अधिकार, सम्पत्तिमा अधिकारजस्ता विषय उठाउँदै विभिन्न
देशमा महिला आन्दोलन हुन थाले । सन्१९१७ को ८ मार्चका दिन रुसको सेन्ट पिटर्सवर्गको कपडा
कारखानाका महिलाहरूले महिलाहरूलाई हरेक क्षेत्रमा पुरुषसरह अधिकार हुनु पर्ने माग राख्दै विशाल
प्रदर्शन गरे । त्यस आन्दोलनको विश्वव्यापी प्रभाव पर्यो भने केही समयपछि रुसमा भएको अक्टुबर
समाजवादी क्रान्तिलाई त्यस आन्दोलनले थप उर्जा दियो । समाजवादी क्रान्तिपछि लेनिनको नेतृत्वमा
भएको सरकारले सबै क्षेत्रमा महिलाहरुलाई पुरुष सरह अधिकार दिने संवैधानिक व्यवस्था गर्यो ।”
“महिला अधिकारको बारेमा तत्कालिन संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी लगायतका देशमा पनि
ठूलाठूला आन्दोलन भए । सन्१९२० मा संयुक्त राज्य अमेरिकाको संविधानमा १९ औँ संशोधन गरी
महिलाहरुलाई चुनावमा मत दिने अधिकार व्यवस्था गरियो ।”
म्याडमले अगाडि भन्दै जानुभयो, “सन्१९२२ मा तत्कालिन सोवियत संघ (रुस)का नेता लेनिनको नेतृत्वमा
रहेको कम्युनिस्ट सरकारले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय
गर्यो । त्यस निर्णयको विश्वव्यापी प्रभाव प¥यो र अरु देशहरुमा पनि कतै सरकारी रुपमा त कतै
जनस्तरमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालियो ।”
“बेलायतमा पनि सन् १९१८ अगाडिसम्म महिलालाई मतदानको अधिकार थिएन । सन् १९१८ मा
बेलायतमा ‘प्रतिनिधित्व कानुन’ पारित गरियो जसमा पुरुषले २१ वर्ष पुरा भएपछि र महिलाले ३० वर्ष
पुरा भएपछि चुनावमा मत दिने अधिकार दिइयो । बेलायतमा धेरै पछि मात्रै महिलाले पुरुष सरह समान
अधिकार पाएका हुन्।”
“संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने बारेमा धेरैपटक छलफल भयो र सन्१९७७ मा
संयुक्त राष्ट्रसंघले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा औपचारिक रुपमा मनाउने निर्णय
ग¥यो । त्यसपछि सबै देशमा यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालियो ।”
“यी सबै अधिकारका लागि विश्वमा ठुला आन्दोलन भए, प्रहरीसंग झडपहरु भए । पुलिसले समात्यो
थुनामा राख्यो तर पनि महिलाहरुले आन्दोलन गर्न छोडेनन् ।” ती महिला आन्दोलनहरू सबै प्रायः ८
र्मार्चका दिनमा भए र ८ मार्चकै दिनमा उनीहरुले यी अधिकार पनि प्राप्त गरे । त्यसैले यो दिनलाई
बिशेषरुपमा मनाउने गरिन्छ ।
“नेपालमा पनि महिलाहरुलेसमान अधिकारका लागि ठूलाठूला आन्दोलन गरेका छन्। आज तिमीहरुका
आमा, दिदीबैनीहरू पढ्न पाउनुभएको छ, जागिरमा जानुहुन्छ, चुनावमा मतदान गर्न पाउँनुहुन्छ । हो कि
होइन ?”
सबैे विद्यार्थीले एकै स्वरमा हो भने । रिताले बीचैमा उठेर सोधिन, “ पहिला छोरी मान्छेलेसाँच्चिकै पढ्न
पाइदैनथियो म्याडम ?”
“हो पाइदैनथ्यो । यी सबैसघर्ष र आन्दोलनका परिणाम हुन । तिम्रो घर र छरछिमेकमा हेरन त्यहा कति
आमा र हजुरआमाहरु नपढेको हुनुहुन्छ । महिला माथि ठुलो भेदभाव थियो ।” म्याडमले भन्नुभयो ।
“हाम्रो देशमा आफ्नो श्रीमान बित्दा उसैको चितामा जलाएर जीउदैमार्नेसम्मको जघन्य अपराधी चलन
थियो । यहाँसम्मकी उनीहरुलाई बाच्ने पनि अधिकार थिएन । उसो त अहिले पनि हिँसामा महिलाहरु
परेकै छन्। यस्ता कुरा तिमीहरुले बुभ्ःदै जानुपर्दछ ।”
“रिताले भनिन्, “हो हा,े हामीले झोला फिलिममा यो कुरा हेरेको छौँ ।”
म्यामले भन्दै जानु भो, “हाम्रो देशको २०७२को संविधानले महिलालाई धेरै अधिकार दिएको छ । अहिले
त प्रधानमन्त्री पनि महिला हुनुहुन्छ । राष्ट्रपति पनि महिला हुनुहुन्थ्यो । यी सबैप्राप्तीका लागि लडेको
दिन को सम्झनामा यो दिवस मनाइन्छ । अरु धेरै कुरा पछि तिमीहरुलाई बताउँदै जाउँला । महिला
दिवस मनाउनुको अर्थ महिला अधिकार र महिला सशक्तीकरणसंग जोडिएको छ । एक पटक मैले भनेको
कुरालाई सबैले भनौहै । अनि बिदा हुने ।”
महिला दिबस —जिन्दाबाद
महिलाका अधिकार—सुरक्षित गर
महिला शशक्तिकरण —हुनै पर्दछ
महिला हिँसा —अन्त्य गर
कक्षाको घण्टी पनि बजिसक्यो । राधाले उठेर भनिन्, “धन्यवाद म्याडम, यति धेरैकुरा
बताउनुभएकोमा ।” सबै जना भोलिको बिदाको दिनको महत्वलाई मनमा लिएर घर तर्फ लागे।





