
रचना शर्मा
चितवन
“गोठैमा रमाइलो माली भन्ने गाईले
माइतैमा रमाइलो दाजु भाइले..”
दर खाने दिनमा छिमेकीहरू मनमायाको घरमा भेला भएर तीजको मौलिक गीत गाउँदै थिए । मनमायाकी छोरी मुना लचक लचक कम्मर मर्काउँदै मादलको तालमा नाचिन् । मुना नाच्दै गर्दा गीतको अभिनय गर्दै उनको भाइ पनि सँगसँगै नाच्न थाल्यो । कार्यक्रम निकै रमाइलो भएको थियो।
यस्तो खुसीको माहोलमा पनि मनमायाको आँखा भिजेका थिए । देख्नेहरूले सजिलै अनुमान लगाए, “अरुदिनमा मनमायाका छोराछोरी कुकुर बिराला झैँ लडिरहन्थे, आज खुसी भएर मिलेर नाचेका छन् । त्यसैले मनमायाका आँखामा हर्षको आँसु टप्किएको होला !”
अनुमान त आधा मिलेको थियो तर बाँकी आधा मनमायालाई मात्र थाहा थियो।
बिहे गरेपछि मनमाया तीजको बेला सधैँ माइत जाने गर्थिन् । नगएको वर्ष उनका बाबुआमा र दाजु खिन्न हुन्थे । आमाबुवाको मृत्यु पश्चातको पहिलो तीजमा पनि उनी तीज मनाउन माइत गएकी थिइन् । तीज सकिएर घर फर्कने बेलामा उनका दाजुले भनेका थिए, “हेर् बहिनी ! चेलीको माइती भनेको बाउआमा छउन्जेल मात्र हो , अब त बाआमा पनि …!”





