
मणिराज भट्टराई
प्यारो माघी आयो
जाडो अलिक बढायो
न्यानो लुगा लाउँदै
साथी सँग रमाउँदै
खेल्ने दिन आयो
प्यारो माघी आयो।
आऊ साथी आउ
मिलिजुली आउ
नुहाई धुवाई गरेर
पाहारीलो घाम तापेर
माघी गीत गाउँदै
मेला भर्न जाउँ।
तरुल पिंडालु सुठुनी
मीठो लाग्छ अतिनै
घिउ चाकु खिचडी
सारा महल झुपडी
तिलको लड्डु लाई
मीठो लाग्छ सबैलाई
मेची काली भरिका
चाड थरीथरीका
भाव उस्तै उस्तै हो
फरक मात्र तरिका।





