“मातृप्रेम”

138

पं ज्यों.तोयनाथ सुवेदी
ओखल्ढुङ्गा
हाल:हेटौंडा-८,कमाने,मकवानपुर

भक्ति सानो छँदा बहिनी लिंदै आमाले आफूलाई छोडेर हिडिन्। कहाँ गइन् पत्ता भएन। ऊ माइलाबा र ठूलोबा कहाँ दु:खजेलो गरेर हुर्कियो। ऊ बिस्तारै विद्यालय जानथाल्यो। पढ्दै जाँदा विद्यालयइय शिक्षा हाँसिल गर्यो । विदेशिएका बुवा पछि आइपुग्नु भयो।
छोराले बुवाको प्रत्यक्ष विवाह हेर्ने अवसर पायो। समय बित्दै जाँदा ऊ घर छोडेर पढ्नका लागि शहर गयो। शहरमा बस्दै गर्दा आफूलाई जन्मदिने आमा हेटौंडा आएकी छन् भन्ने थाहा भयो। खोज्दै जाने क्रममा बसबाट ऊ बसपार्कमा ओर्लियो।सम्पूर्ण पसल चहार्दै सोध्दै गर्दा चियापसल छ भन्ने कुरा पत्ता लगायो। एक्कासी देखादेख हुँदा उनले आफ्नो छोरालाई चिने पनि नचिने जस्तो गरिन् । उसले भन्यो ‘ तपाईं मेरी आमा हुनुहुन्छ। जन्मदिने आमा! ‘खै दण्डवत गरौँ ।’ ती महिलाले भनिन्, “तिमी को हौ ?” ‘म तपाइँको छोरो भक्ति क्या ‘ । अहँ मेरा त छोरा छोरी नै भएका छैनन् ? बिहा गरेको त एक वर्ष भयो। कहाँ तिमी मलाई के के … भन्छौ ? तपाईंले मलाई नचिने पनि म त तपाईंलाई राम्ररी चिन्छु नि…। मातृवात्सल्य मेटिन्न आमा टाढा भए पनि ..भन्दै ऊ अलप भयो।।