“मेरी प्यारी नातिनी”


मणिराज भट्टराई
गठ्ठाघर ,भक्तपुर
हाल :न्यूजील्याण्ड

मेरी प्यारी नातिनी
दुःख देऊ जतिनै
आँखा भित्र लुकाउँछु
सञ्चै मानि खेलाउँछु।

साना कोमल हातका
तिखा तिखा नङ्ग
जुधिरहन्छ घरि घरी
चिल्ला गाला सँग।

चस्स चस्स गर्छ तर
जिस्कनै बल गर्छु
चिथोर चाथोर पार्छौ फेरि
आँफै हिस्स पर्छु।

कहालिँदै रुन्छौ जब
फकाउन लागि पर्छु
फिस्स तिम्ले हाँसी दिँदा
ज्यादै मख्ख पर्छु।

कहिले कम्मर मर्काउँछौँ
कहिले घुँडा फर्काउँछौँ
ऐय्या आत्था नभनी
तिमीलाई हुर्काउँछु।