
भलादमी भोला
बिहान सबेरै उठ्छु म
हात मुख धुन्छु म
मन्दिरमा गएर
भगवानलाई ढोग्छु म।
पढ्ने लेख्ने बानी छ
सबैले भन्छन् ज्ञानी छ
कोठा सफा राखेर
बसेको छु हाँसेर।
नाच्ने गाउने गर्छु म
हाँसेर नै बोल्छु म
राम्रा चित्र कोरेर
पत्रिकामा छाप्छु म।
खान्न पत्रु खाना
जान्न फोहोर धुलोमा
मस्तसँग सुत्छु म
बिहान छिट्टै उठ्छु म।
साथीसँग खेल्छु मिलेर
सिक्छु ध्यान दिएर
अँध्यारोलाई हटाउँछु
उज्यालो दीप बालेर।
ठूलो मान्छे बन्नु छ
राम्रोसँग पढ्नु छ
हातेमालो गरेर
सबैसँग मिल्नु छ।





