
बिन्दु पौडेल वस्ती
छुट्टी भएको बेला
वारिपारि मेला
जाऔँ भन्छ भाइ
पैसा छैन खोई
बहिनी पनि आई
दाइ खोई दाइ
जताततै मेला
कहिले जाने होला
भाइबहिनी हँसाउन
मेला जाने घुमाउन
पिङ पनि खेलाउँछु
सबै कुरा देखाउँछु
आमा बा मख्ख
घुमाई ल्याऊ ढुक्क
पत्रु खाजा नखानु
साह्रै भिडमा नजानु
हुन्न छोड्न हात
नछोड्नु दाइ साथ
भनेको कुरा मान्नु
अघिअघि नजानु
छिटो गरी आउनु
चिसोमा धेरै नचार्नु
ढिलो गरी आउँदा
दुःख अतास लाउँदा
खोज्न जानु कहाँ
गाह्रो हुन्छ थाहा
ज्ञानी बाबु नानी
हाम्रो कुरा मानी।





