यथार्थ


शशी अर्याल
धादिङ, हाल:काठ्माण्डौं

“छोरी, ए छोरी तिमी किन नबोलेकी ? मसँग रिसाएकी ?”
आमाको मुखैमा नहेरी एक कक्षामा पढ्ने अनमिकाको उत्तर
“हैन”
“त्यसो भए किन नबोलेकी त ?”
“हेरत, मामु भर्खर कामबाट थाकेर हतार हतार छोरीसँग बोल्न आएकी, तिमी भने बोल्दिनौ ।”
अनमिका ठुस्स परेर बसिरहन्छिन्।
“तिमी मसँग नबोल्ने ?” आमाको निरासा मिसिएको प्रश्न।
“किन मलाई छोडेर गाको त ?” आमा पट्टी हेर्दै नहेरी छोरीको जवाफ।
“तिमीलाई मैले कहाँ छोडेकी छु त ? म त तिमीलाई मन पर्ने नाना, खानेकुरा अनि खेलौना किन्ने धेरै पैसा कमाउन आको नि । पैसा कमाएपछि फर्किएर आएर मामुछोरी रमाएर बस्नुपर्छ नि।”
आमाको कुराले अनमिका झनै ठुस्स परेकी छन्।
“हेर त छोरी तिमीलाई मैले कति राम्रो गुडिया किनिदिएकी छु । भोलि एकजना अंकल नेपाल आउँदै हुनुहुन्छ। उहाँसँगै यो गुडिया मेरी छोरीलाई पठाइदिन्छु । पर्सि i ठूली मम्मी तिमीलाई स्कुलमा लिन आउँदा यो गुडिया पनि सँगै लिएर जानुस् भनिदिन्छु है ।”
आमाको कुरालाई पूरै बेवास्ता गरे जसरी अनमिकाले भनिन् “मेरो मिल्ने साथी सार्थकको त सधैँ मम्मी लिन आउनु हुन्छ ।”