राम्रो काम


प्रतिज्ञा प्रतिज्ञा

“बिहानै कहाँ जान लागेकि” चन्दालाई चिटिक्क परेको देखेर श्रीमानलेे सोधे।
“मन्दिर जान लागेको तपाईँ पनि हिड्नुस् न राम्रो काम गर्यो भने मनमा शान्ति हुन्छ।”
श्रीमानलाई आग्रह गरिन् उनी पनि तयार भएर आए दुबै जना त्यहाँबाट निस्किए।
केही पर सडकमा एउटा बालक जाडोले कापिरहेकोे देखेर उनले नजिकै गएर सोधे।
“यो जाडोमा किन यसरी बसेकाे तिम्रो कोही छैन ?”
उसले आँखा भरि आँसु बनाएर कोही नभएको बतायो। “बुढा कति अल्मल गरेको अहिले मन्दिर जान ढिला हुन्छ छिटो हिड्नुस् न ” चन्दाले घडी हेर्दै भनिन्।
उनलेे गम्भीर हुँदै भने । “तिमीले राम्रो काम गरौँ भनेको होइन यो बाबुलाई
तातो कपडा र केही खान दिउन।”