“लत”


गणेश कुमार श्रेष्ठ
हेटाैडा-४ चिल्ड्रेनपार्क

“कति घाेेप्टिन सक्या हाेला त्याे माेवाईलमा मात्रै?”
सुगन्धा चिच्याई ।
“बिहानदेखि बेलुकासम्म माेवाईलमै झुण्डिएकाे छ। घरकाे कामकाे केही मतलव छैन। कस्ताे मान्छेकाे फेला परेँ , आजित भएँ म त ।” – सुगन्धाले थपिन।
“कति कराई रहेकी ? एक छिन माेवाईल चलाउदा नि ।”
जगत पनि झर्कियाे ।


“छाेरा छाेरीलाई सम्झाउने वेलामा बाउ नै यस्ताे भएपछि के गर्नु भगवान ?” -सुगन्धा फत्फताईन ।
जगत घाेत्लियाे । ” हाे त सुगन्धाले ठिकै त भनी । म तास,जुवा नखेल्ने,जाड रक्सी नखाने,चुराेट खैनी नखाने
मान्छे कुन‌ै किसिमकाे नराम्राे लत लागेकाे छैन भनेर घमण्ड गर्छु । तर माेवाईल चलाउने लत त नजानिँदाे पाराले लागेकै हाे।”
“अलि अलि कविता,लघुकथा,मुक्तकहरू फेसवुकमा पाेष्ट गर्न थालेपछि कसले के प्रतिकृया दिएकाे छ हेर्ने खसखस लाग्दाे रहेछ। आफूले पनि टिप्पणी गर्न मन लाग्दाे रहेछ। ”
“कसरी याे लत छुटाउने हाेला ?” – जगत फेरि घाेत्लियाे ।
सुगन्धा सुन त- “तिमीले भनेकाे कुराले मलाई छाेयाे । अब तिमीलाई भन्ने माैका दिने छैन।”
सुगन्धाले मुख लेप्र्याउँदै भनी- ” हेराैँ ला ।”
उसले अठाेट गर्याे – “अब बिहान र बेलुकी एक एक घण्टामात्र माेवाईल चलाएर लतबाट छुट्कारा लिन्छु।”