केशवराज अधिकारी
मध्यनेपाल ७ लमजुङ
सानू सानू खिरौटे छ
खुट्टा लामा लामा।
सुँढ पनि रैछ यस्को
के हो यस्तो आमा?
हाम्रै रगत चुसी खाने
रोग सार्ने काम।
लुकि लुकि टोक्छ यस्ले
लामखुट्टे हो नाम।
सुँढ लामो हात्ती हैन
चरो हैन उड्छ।
सधैँ साँझ बिहानमा
बस्ती बस्ती डुल्छ।
गुन्गुनाउदै मीठो धुन
सुनाउँदै आयो।
मीठो मान्दै हाम्रो रगत
चुस्दै चुस्दै खायो।
जहाँ जहाँ पानी जम्छ
फुल पार्न धायो।
जाडो मैना हराउछ
गर्मी लाग्दा आयो।
रोग लाग्ने भाइरस
लामखुट्टेले बोक्छ।
हामीलाई सार्न भनी
घरै आई टोक्छ।
इन्सेफलाइटिस,डेङ्गु
मलेरिया अरु।
स्वयन्फ्लु र हात्तीपाइले,
सार्छ रोगहरू।
ल है सबै होसियार
बन्नु पर्ने भा छ।
भत्काई दिऊँ लाम्खुट्टेको
बस्ने घर जाँ छ।