“वर्षा मास”


शिव पुन

राेपौँला धान तिमी र मैले, असार मैनामा
बगेकाे पानी हे मेरी सानी, त्यस्तो त छैन म।

गरिबी मानाे चुहिन्छ छानाे, असार साउन
घरमा जे छ सिस्नाे या सातु, पकाइ खाउन।

मुग्लान जान सक्दैन पनि, नदी छ गहिराे
वर्षाकाे बेला आउछ भेल, बाढी र पहिराे।

फल्नेछ मकै नहौला भाेकै, बारी त्याे पाखामा
बादल लाग्ला मादल बज्ला, तिजकाे भाकामा।

तिहार दशैँ मनाइ सबै, जाने छु मुग्लान
सधैँ त घर बसेर कहाँ , मलाई पुग्ला र।

मनमा आशा राखेर खास, आज त निदाऔँ
महिना चार हुनेछ पार , दिन त बिताऔँ।