रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
बनेर माली शिक्षक हामी बगैंचा सजाई
रहाैंला खुसी बगैंचा भित्र फूल ती सजाई ।
विद्यार्थी हाम्रा फुलका थुङ्गा देश याे सिंगार्ने
झार र पात हटाई दिउँ बगैंचा बिगार्ने ।
ज्ञानकाे दियाे झलल बालाैं अँध्यारो हटाउँ
अविद्या फाली अभाव ढाली गरिबी मेटाउँ ।
गाैरव गराैं शिक्षण पेशा भाग्यले मिल्दछ
गुरूकाे मान गुरूकाे सान कमैले चिन्दछ ।
जाेसका साथ सुकर्म गराैं सतर्क बनेर
विचार आस्था मनमै राखाैं तटस्थ बनेर ।
गर्वका साथ पेशामा हामी सदैव जुट्ने छ
मर्यादा राखी पेशाकाे सधै माथि नै उठ्ने छाैं ।
गुनासो कैले रहने छैन पेशामा रहँदा
दुखले घेर्छ अरूकाे मिथ्या कुरामा बहँदा
विद्यार्थी हाम्रा छाेरा र छाेरी भाइ र बहिनी
दिनेछौं साथ ज्ञानकाे यात्रा नथाकी कहीँ नि ।
कसम खान्छाैं छातीमा हात राखेर साथी हाे
शिक्षक हामी आदर्श बन्नु आफैमा जाती हाे ।
शपथ खान्छाै आजकाे दिन नियुक्ति लिएर
देशकाे सेवा गर्नेछौं हामी जीवनै दिएर ।