महेन्द्र मोक्तान ,
गैरीबास, कालेबुङ, भारत
” अन्धा होलास् है अन्धा! पाठ याद कहिले गर्ने! ‘होमवर्क’ कतिबेला सक्ने! परीक्षा नजिकै आइसक्या छ! ”
चिन्ता मिश्रित गन्गन सँधै सुनिरहन्छिन् शकीले । रमा र छोराको यो द्वन्द कुनै नौलो होइन। यो दैनिक खचपचको जड थाहा छ उसलाई। तर सम्झाउन अरूको घरको विषय। अत: ऊ सुरू सुरू त्यहि बाटो जान्छे सदैव दूध लिनलाई।
तनाव निकै बडेको भान भयो आज उसलाई। हठात कोठामा भित्रिइ। देख्नसाथ रमाले एकै श्वासमा भनी-“हेर न तिम्रो छोरालाई पढन, लेख्न बस् भन्न पर्दैन। मेरो छोरा त उठेदेखि मोबाइल कोट्या कोट्यै गर्छ। नास्ता धरि बिर्सिन्छ। भनेको पटक्कै सुन्दैन। कसरी पढ्नमा तह लगाउनु यसलाई?”
“मलाई थाहा छ यी सब। तर यसमा तिम्रै ठूलो गल्ती देख्छु म त…., “भनि नसक्दै उसले राता राता आँखा पारी र भनी- किन मेरो गल्ती? यो पढ्नै नबसेसी दोष मलाई ? आकाशको तारा झार्न मात्र सकेकी छैन मैले यसको लागि!”
टिस लाग्दो स्वरमा शकीले सम्झाई-“बच्चाहरूले सुन्दैनन्। तर ठूलाले के गर्छन् त्यसमा ध्यान दिन्छन्।