शिक्षा

हेम पोखरेल

लोकसेवामा अधिकृत पास गरेपछि कान्छा छोरालाई आमाले खुसुक्क दस हजार रुपैयाँ हातमा दिँदै भनिन् : “साथीहरुले भोज खान खोजेका होलान् , यो पैसाले खुवाउनु तर बाले थाहा पाउनु हुँदैन नि , मार्छन् मलाई।”
आमाले खुसुक्क पैसा दिएको जेठा छोराले देखिहालेछ भाइलाई एकान्तमा लगेर भन्यो : ” ओई ! मलाई पाँच हजार दे नत्र बालाई भन्दिन्छु !”
साथीहरू धेरै थिए ऊ ज्यादै अप्ठ्यारोमा पर्यो दिउँ भने भोज खुवाउन पुग्दैन नदिउँ भने बालाई सुनाँउछ । जेठो दाइलाई सबैकुरा बुझाउँदै दुई हजार दिएर चित्त बुझायो।
फेरि माइलाले थाहा पाएछ। माइलाले पनि त्यस्तै घुर्की लगायो दुई हजार दिएर माइलाको पनि चित्त बुझायो र साथीहरूलाई भोज खुवाउन हिँड्यो।
अब सोच्न थाल्यो, छ हजारले त पुग्दैन  खानाको आइटम घटाउनुपर्ला। फेरि बहिनी पनि दाजु खोज्दै पुगिछ।बहिनीले भन्न थाली : “मलाई त तीन हजार नभै हुँदैन नत्र बुबालाई भन्दिन्छु।”
अब बहिनीलाई तीन हजार दिँदा त उसको भोज खुवाउने सपना साकार नहुने भयो। पैसा पाएपछि साथीहरूलाई भोज खान निम्ता दिइसकेको छ। उसले बहिनीलाई अनेक सम्झायो तर बहिनी मानिन। ऊ ज्यादै अप्ठ्यारोमा फस्यो।
उसले बहिनीलाई भन्यो, ” मेरो पहिलो महिनाको तलब आएपछि तँलाई दस हजार दिन्छु अहिले चैँ चुप लाग ल!”
“ए त्यो त कहिले कहिले मलाई अहिले चाहिन्छ !” बहिनी कुनै हालतमा मानिन।
“कस्तो अबुझ अशिक्षित रहिछे यो ? पढ्दै छेस् त यस्तै पढिस् ” ऊ बहिनीसँग रिसायो।
“बुबाले नथापाई पैसा लिने कस्तो शिक्षित तपाई?” बहिनीले डाइलग हानी।
अब साथीहरूलाई भोज खुवाउने उसको सपना अधुरै रह्यो। घर पुगेर आफ्नो अनुकूल मिलेन फेरि कुनै दिन गरौंला भनेर साथीहरुलाई ढाट्नु पर्यो भन्ने सोचेर ऊ घर फर्क्यो र आमालाई सबैकुरा सुनायो। अरुकुराले भन्दा पनि आफ्ना साथीहरूलाई ढाट्नु परेको बिषयले आफूलाई चिन्ता लागेको कुरा आमासँग खासखुस व्यक्त गर्यो । बाले सुन्छन् भन्ने पनि चिन्ता छ उसलाई।
“के भयो ? सबैजना यहाँ आउ!” यी सबैकुरा अध्यान गरिरहेका बाले कडा लवजमा सबैलाई बैठकमा बोलाए।
बुबाले भन्नुभयो ,” अब तँ राष्ट्रको जिम्मेवार मान्छे भइसकेको छस् ! घुस र भ्रष्टाचारले कति अप्ठ्यारो पार्दोरहेछ भनेर पाठ सिकाको हो।
साथीसँगको प्रोग्राम क्यान्सिल नगर।