“शीत लहर”

114


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

आमासित तराईमा झर्दा चिसाे लाग्याे
देखिएन घाम कतै कुन्नि कता भाग्याे ?

उता भने पहाडमा शीत पर्थ्याे राति
यता भने तराईमा दिउँसैमा साथी।

शीत पर्दाे रैछ यहाँ पानी परे सरी
तुवाँलोले ढाक्दाे रैछ जताततै घेरी।

छाता लिई हिड्नु पर्ने देखेँ यात्रा गर्दा
कम्बल् ओढी हिड्ने देखेँ निकै चिसाे बढ्दा।

लुगा धाेए सुक्ने कैले लगाउनु कैले
नुहाउने कुरा पनि बिर्सिसकेँ मैले।

गतवर्ष गर्मी खाएँ ऐले शीत लहर
धेरै दिन बस्नु हुन्न मैले गरें ठहर।

थुरूथुरू भएँ म त चिसाे लाग्याे अति
आमासित साेधेँ बस्ने हाे नि कति ?

घरै बस बाबू भन्दा पछि लागी आयाे
हेर छाेरी ! याे छाेराले मेराे हाेसै खायाे।

भन्नुभयाे भिनाजुले भयाे पन्ध्र दिन
घाम झुल्काे देख्या छैन मैले एकै छिन।

आगाे छेऊ बस कि त बिस्तारामा पस
दिदीले नि भन्नुभयाे केही दिन बस।

भन्नुहुन्छ दिदी बस भिनाजुले बस
मैले भन्छु आमासित खाेजी हिडाैँ बस ।

बस्नु हुन्न यस्ताे ठाउँ जाऊँ आमा जाऊँ
अन्त भन्दा राम्रो लाग्याे हाम्रै आफ्नाे गाऊँ।