धनसिंह बिश्व
गेजिङ प० सिक्किम
बाटोमा मौरी र झिंगो बिच घनिष्ठ मित्रता भयो।
मौरीले साथी झिंगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तीकै झिंगो रिसाउँदै भन्छ “मलाई त निसास्सिएँ झैं भयो नि। उफ! के गनाएको साथी ? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिंगटा लाग्यो, बान्ता आउन आँट्यो। अब म बस्न सक्दिनँ साथी। म बाहिर जान्छु साथी तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ”। झिंगो रिसाउँदै लरबरिँदै मौरीको घारबाट बहिर निस्कियो। मौरीले पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो “पर्खन साथी केही त खाएर जाऊ। मेरो घरमा आएर केहि भएन”।
“के छ र खानु म गएँ” झिंगो रिसाउँदै हिँड्यो।
केही समय पछि फेरी भेट भयो।
झिंगोले खातेदार गर्दै भन्यो “ओहो मित्र! आज मेरो घर जाँउ अतिथि सत्कार कसरी गरिन्छ म सिकाउँछु”।
मौरी साथीलाई आफ्नो घर लिएर गयो। उड्दै गएर कुनै मरेको जनावर गनाउने सिनो माथि पुर्यायो।
मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो ।