सफल विद्यार्थी


बिनोद प्रसाद ढकाल
इनरुवा सुनसरी

एक पटकको कुरा हो, समिर नामको एक विद्यार्थी थिए । उनले सधैँ पढाइमा ध्यान दिन्थे । तर एक दिन उनले ठूलो परीक्षा नजिक भएको बेला आत्मविश्वास गुमाए उनले आफ्नो साथी रियासँग कुरा गरे।
समिर: “रिया, मलाई लाग्छ म यो परीक्षा पास गर्न सक्दिन।”
रिया: “किन यस्तो सोच्छौ ? तिमीले कति मेहनत गरेको छौ।”
समिर: “तर मसँग पर्याप्त समय छैन।”
रिया: समिर हामी सँगै योजना बनाउँछौँ। हरेक विषयको लागि समय तालिका बनाऔँ।”
समिरले रियाको सुझावलाई स्वीकार गरे । उनीहरुले सँगै अध्ययन गर्न थाले। प्रत्येक दिन उनीहरुले नयाँ कुरा सिक्न थाले । उनीहरुले आफ्नो आत्मविश्वास बढेको महशुस गरे।
परीक्षाको दिन, समिरले आफ्नो तयारीको बारेमा सोचेको र आफूलाई विश्वास दिलाए।
समिर: “म यो गर्न सक्छु। मैले मेहनत गरेको छु।”
परीक्षा समाप्त भएपछि, समिरले उत्कृष्ट अंक प्राप्त गरे । समिरले रियालाई धन्यवाद दिए।
समिर: “तिम्रो सहयोग बिना म यो गर्न सक्दैनथेँ।”
रिया: “सधैँ यस्तै गर, मेहनत र विश्वासले नै सफलता ल्याउँछ।”