“समय”

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

“आज कर्म गर्यौ?”
“गरिन,भोलि गर्छु!”
भोलि पुनः उनी आए र सोधे –
“आज त गर्यौ होला नि?”
“अँह गरिन,पर्सि चाहिँ पक्का गर्छु!” भन्दै उनी फुर्तिसाथ हिडे।
“आज त पक्कै गरेको हुनुपर्छ !”भन्दै ऊ पर्सिपल्ट आयो।
“तिमीलाई के को खसखस ? म एकदिन गर्छु नि !”भन्दै उनी बाउँठिए।
त्यसदिनदेखि ऊ आएन। एकदिन उनी स्वयम् उनको घर गए र सोधे –
“आजकल त सोध्नु आउँनु हुन्न नि ?”
ऊ मौन थियो।
उनले पुनः भने –
“आजदेखि कर्म गर्न थाल्ने!”
“अब फाइदा छैन , नगर्नोस् ।”उनले सुझाए।
“तिमी फाइदा र नोक्सान जोख्ने को हौ? भन्दै उनी क्रोधित भए।
“म? म समय हुँ।”