सम्झना छकि बिर्सेकाे ?


राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर

ए साथीभाइ बिगतकाे दिनकाे
सम्झना छकि बिर्सेकाे?
जन्मेको ठाउँको धुलाेमा
रमेर खेलेको ।
सम्झना छकि बिर्सेकाे?
डण्डी बियाे खेल्दा
बियाेले लागि
निधारमा चाेट लागेको ।
सम्झना छकि बिर्सेकाे?
पुस माघकाे जाडोमा
मकै भट्मास खाँदै
परालको कुन्युमा लुकामारी खेलेको
ए साथी सम्झेकाे छकि बिर्सेकाे?
सबै जम्मा भएर
टुकी बत्तीमा पढ्दा
निन्ले झुली कपाल डढेकाे।
सम्झना छकि बिर्सेकाे?
स्कुलबाट भागी
काफल गेडी
खान गएको ।
ए साथी ती दिनकाे
सम्झना छकि बिर्सेकाे?
अनि बिच बाटोमा
आउँदा आउँदै
असिनाले चुटेकाे।
ए साथी सम्झना छकि बिर्सेकाे?
घर आईपुग्दा नपुग्दै
स्कुल भाग्ने भनी
आमाबाबुले पिटेकाे।