
दुर्गा पौडेल
शंकरनगर,चितवन
आकाश पनि राेयाे ऐले,
धर्ति पनि हाँस्याे ।
खडेरीले खाकाे बेला,
तनमन सब्काे नाँच्याे, हजुर।
जेठ असार सबैलाई
पानी चाईने बेला ।
के गर्नु र प्रकृतिको,
पर्याै सबै फेला, हजुर।
प्रकृतिको लिला भनाैँ,
चाईने बेला पाईन्न,
कैले विनास् निम्याउँछ,
थाहा पैल्यै, पाइन्न हजुर।





