साथी

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट – ४ , नवलपुर

“उठ्दा, बस्दा जतिखेर नि सँगै हुँनुपर्ने , एकछिन छुट्टिन नहुने खै कस्तो मित्रता हो यस्तो ? सधैँभरि यसरी नै मिले हुँने हो । कहिल्यै छुट्टिन नपरोस् । कसैको आँखा नलागोस् तिमीहरुको मिलनमा यस्तै यस्तै भन्दै हुँनुहुन्थ्यो आमा ! ”
“जन्म मिति पनि एउटै थियो । बालापनदेखिका बालदौतरी थिए । तिनीहरूको मित्रताले गर्दा पारिवारिक सम्बन्ध पनि राम्रो थियो । त्यस गाउँमा असल साथीका उदाहरण थिए ।”सुमन र सरोज सुमन पढ्नमा अत्यन्तै मिहिनेती थियो । हरेक कुरा लगनशील भएर गर्थ्यो । कुनै पनि काममा एकचित्त भएर निरन्तर गरिरहन्थ्यो । सरोज चाहिँ अलि अल्लारेपाराको थियो । पढ्न नखोज्ने , पढ्नमा भन्दा अरु काममा बढी लगाव राख्ने गर्थ्यो ।
सुमनले सरोजलाई हरेक कुरामा सहयोग गर्थ्यो ।” पढ्नु पर्छ हेर ! पढाइभन्दा ठूलो अरु केही छैन । तिमीलाई पढन म सिकाउँछु । नजानेका हिसाब मलाई सोध न ! म बताइदिन्छु नि !” भन्थ्यो। यति हुँदाहुँदै पनि सरोजले भनेको मान्दैनथ्यो । जो सँग नि निहुँ मात्र खोजिरहन्थ्यो । उसको यस्तो व्यवहार देखेर बाँकी अरु साथीले सरोजको सङ्गत नै छोडेका थिए । घरपरिवारका सदस्यले पनि सरोजको सङ्गत नगर्न भन्थे । एक्लो जस्तो भइसकेको थियो । सरोज एकदिनको कुरा हो । पल्लो गाउँका केही केटाहरू मिलेर सल्लाह गरेछन् । अब हेर केटा हो । त्यो सरोजको सेखी नझारी हुन्न । त्यो अलि बढी भइसक्यो । अब त्यसलाई हामीले हाम्रै गाउँमा बोलाएर बेस्सरी कुट्नुपर्छ है ! त्यसको गाउँमा गएर होइन यही बोलाउनु पर्छ भनी सल्लाहा गरे ।
फुटबल खेल्नु पर्यो हेर सरोज हाम्रो टिम पुगेन । तिमी पनि हामीहरुसँगै खेल्नुपर्छ है ! भनी बोलाए । सरोज हुन्छ, भइहाल्छ नि ! भन्दै गयो । त्यो सबै कुराको प्रपञ्च सागरले थाहा पएछ र सबै बेलिबिस्तार सहित सुमनलाई भन्यो ।
त्यो सुन्ने बित्तिकै आफ्नो सबैकाम छाडेर पल्लो गाउँ दौडियो । घटना घट्नुभन्दा पूर्व नै त्यहाँबाट सुमनले लिएर आयो । ‘साथी सबैभन्दा माथि ‘ भन्ने बुझ्यो । सरोजले पनि।