रामप्रसाद पन्थी
रेसुङ्गा न पा २
हाम्री सानी नानी आहा ! कति ज्ञानी
हात मुख धाेई पढ्न बस्ने बानी ।
काेरी बाटी गरी पाठशाला जान्छिन्
खानेकुरा मिठाे घरकाे नै खान्छिन् ।
पढाइमा ध्यान खुबसित दिन्छिन्
राम्रा काम कुरा मनभित्र लिन्छिन् ।
रिसाउने बानी कत्ति पनि छैन
राम्राे बानी उन्काे फुर्काएकाे हैन ।
फुर्सदको बेला खेतबारी गर्छिन्
आफू सक्दाे काम गर्न अघि सर्छिन् ।
मन्दिरमा गई बाल्छिन् धूप दीप
नाँच गान गर्ने पनि छ है सीप ।
भन्छिन् ठूलाे भई ज्ञानी मान्छे बन्छु
मैले पनि तिम्राे प्रगति हाेस् भन्छु ।