साबधान!

112

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

ओहो कति डरलाग्दो अनुहारको कुकुर ल्याउनुभयो दाइ नयाँ नश्लको हजूरले। घरमा पाल्नलाई हो ?- मिनराजले कुकुर डोराएको देखेपछि’ दृघाले सोध्यो।’ हो भाइ घरैको लागि हो ! मिनराजले सटिक उत्तर दिए।’ अलि भर्खरको बच्चा ल्याउंनुपर्ने बरू । यसलाई कति दाम तिरेर ल्याउंनुभयो ? दृघाले मूल्य जान्न खोज्यो।’ सानु छाउरो  भेटिएन भाइ ; यसैलाई दशहजार तिरेर ल्यांएँ कस्तो लाग्यो? मिनराजले प्रतिप्रश्न गर्यो।’

अब के भनौँ इच्छा लागेका पशु पाल्नु राम्रै हो।तर अहिले रेविजको संख्या देशभित्र ह्वात्तै बढेको छ। वर्षमा नौ सय रेविजबाटै मर्नेगर्छन्। १५०भन्दा बढी दैनिकरूपमा कुकुरले टोकेकाहरू अस्पत्ताल पुग्छन् तर त्यो भन्दा दोब्बर त हस्पत्ताल नै आउँदैनन्। बाल बालिकाहरूबाट अलि टाडा राख्नुपर्छ।-दृघाले मिनराजलाई कतिपय वेफाइदा बताउँदै सुझाव दियो।’ बच्चाहरूकै जिद्धीमा ल्याइहालेँ अब देखाजाला।उनैलाई टाडा बस भन्दा मान्दैनन् क्यारे ।-मिनराजले दृघाको सुझावलाई खासै वास्ता गरेन।’ भोलिपल्ट दृघाले मिनराजलाई सानु बच्चा बोकेर अस्पत्ताल दौडेको आफ्नै कौसिबाट देख्यो। हिजै लिएर आएको कुकुरले सानो बाबुलाई टोकेछ बिचरा मिनराज बच्चालाई लिएर अस्पत्ताल जाँदैछ।-हजूर आमाले आगनबाट दृघालाई बताइन्।