सीप


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे,ईलाम

“यी त हाम्रा परम्परागत सीपहरु हुन् नि नानी । तँ सिक्नै चहादैनस “हजुरबाले दिउसो आँगनमा उभिदै भन्नु भयाे।
“मलाई त अल्छी लाग्छ है हजुरबा !” मैले भने “बजारमा पाई हालिन्छ नि किन्न।”
“सामान बजारमा पाईएला सीप त पाईन्न नि किन्न नाथे !” हजुरबाले भन्नु भयाे। “तेरा बाबुले बनाएका यी बाँसका सामान हेर न । कति सुन्दर र बलिया छन् । उसले आफ्नाे सीपकाे कस्ताे कमाल देखाएकाे छ ।”
“हाम्राे बालाई त जे पनि देख्नासाथ आई हाल्ने । मलाई कहाँ त्यस्ताे सजिलाे आउँछ त” मैले भने । “फेरि बालाई जस्ताे फुर्सद मलाई छैन नि त ।”
“फुर्सद अरे ?” हजुरबाले हाँस्दै भन्नु भयाे। “जति बेला पनि माेबाईल हेरेर घाेसिएकाे देख्छु । सिक्ने प्रयास गरेकाे छस् ? हेर नानी ! जब परम्परागत सीप सिकाउने मान्छेकाे अभाव हुँदै जान्छ तब समाज पर निर्भर बन्दै जान्छ । गाउँमा हुर्केको मान्छेले गाउँमा चाहिने सामान त बनाउन जान्नु पर्छ नि ।”