
डा छायादत्त न्यौपाने
फूल मौरी पुतली
बगैंचाका गहना
साथी भाइ दौंतरी
सँगै खेल्ने चाहना
फूलबारी रमाइलो
चिर्बिराए गौंथली
भुनभुनाए मौरी
फुर्फुराए पुतली
सयपत्री गुराँस
गाेदाबरी फुलेको
ढकमक मखमली
सुनगाभा झुलेकाे
साना साना पुतली
लामा लामा जुँगा
साना बाेट फूलका
फुलै फुलका थुँगा
फूल फूल जाेडेर
सुन्दर माला उनेका
सँगी साथी मिलेर
नेपाली हौँ भनेका।





