
तुलसी पण्डित
झन् पकाउदा झनै गोलो गोलो सेल रोटी
पकाउनुहोस् लौन आमा सबै काम छोडी
कति मिठो हुने होला खान पाउँदा खेरी
रुप आकार सबै राम्रो मोहित पार्छ फेरि
हेर्दा झनै राम्रो लाग्छ अति सुन्दर गोलो
मोटाइ पनि उस्तै लाग्छ आकार नि ठूलो
खादा पनि स्वादिष्ट छ स्वाद अति मिठो
पकाउदा रातो हुने पहिले थियो सेतो
यही रोटी पकाउन के के चाहिन्छ होला
के के चिज मिसाउदा सार्थक हुने होला
गोलो आकार देख्दा झन् मोहित हुन्छु
कति मिठो बास्ना चल्छ दङ्गदास पर्छु
हर्ररर बास्ना आयो साथी आयो हाँस्दै
धाक पनि लगाइ छाड्यो फूलबुट्टा गाँस्दै
उसले भन्यो हाम्रो घरमा सेलरोटी पाक्यो
त्यसैले त त्यही बासनाले सबैलाई डाक्यो
मलाई पनि दियो उसले टुक्रा भागमा
आफ्नै मुखमा के राखेथे पुग्यो दाँतमा
खादा झनै स्वादिष्ट व्यञ्जन खाए जस्तो
भए साह्रै अचम्मित के होला र यस्तो
हुन्छ बाबु म पकाउछु गोलो गोलो रोटी
सर्जाम पैले तयार गर्छु सब तिर खोजी
तिहार पनि आयो भन्छन् गाउँ घर सारा
कति घर कौडी खेल्छन् रोटी खादै मार्रा।
श्रोतः नेपाली बालसाहित्य





