“स्कुल जाने बेलामा”


पुनम घिमिरे

किताब हाल झाेलामा
स्कुल जाने बेलामा
खाजा पानी बाेकेर
हिड राम्रो साेचेर !

सफा लुगा लगाई
कपालमा रिवन सजाई
चिटिक्कै हुनु है
चन्द्र भै आकास छुनु है !

बाटाे काट्नु साेचेर
सडक बत्ती बुझेर
हिड्नु पेटि पेटि
असल केटाकेटी !

घण्टी बज्नु अघिनै
स्कुल भित्र छिर है
अभिवादन गुरुलाई
पढ्न बस ज्ञानी भै !

पठाएको पाठ
दिमागमा साँच
साथी भाइ माझ
ज्ञानगुन साट !!