“स्कुल जान्न”

सरिता पराजुली

तप्प तप्प आँसु झार्दै भन्नथालिन् नानी
आज धेरै पेट दुःख्याे स्कुल नजानी
सधैं स्कुल जाने बेला खुसी हुन्थ्याै नानी
आज किन के भाे त्यस्ताे स्कुलै नजानी।

आँखाबाट एकाेहाेराे बग्नथाल्याे पानी
घाेसे मुन्टाे लगाउँदै भन्न थालिन् नानी
स्कुलमा आज फेरि स्वास्थ्यकर्मी आँउँछन्
हामी साना नानीलाई भ्याक्सिन लगाउँछन्।

सेता काेट लगाएका देख्दै तिनीहरू
छट्पटिन्छ मेराे मन हुन्छ कसाे गरूँ
विन्ति छ है मेरी आमा आज स्कुल जान्न
हैन भने भाेकै बस्छु म त खाना खान्न।

तिम्रैलागि स्वास्थकर्मी गरेका छन् सेवा
राेग निराेध गर्नलाई दिन्छ त्यसले टेवा
नमन गर्नु पर्छ तिनकाे सेवा कर्मलाई
शीराेधार्य गरेकाछन् मानव धर्मलाई।