Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
स्कुल भर्ना! | सारथि बाल पत्रिका
Home बाल कथा स्कुल भर्ना!

स्कुल भर्ना!

सुरेशकुमार पाण्डे

“गाउँमा निजी विद्यालयको प्रचार व्यापक हुँनथाल्यो। कसैले स्कुलको ड्रेस फ्रि भन्छन् ,कसैले भर्ना गर्दा शुल्क नलाग्ने भन्दै हिंडेका छन्। हामी घरघरै के संदेश बोकेर जाने ?”-प्रधान अध्यापक हिमाल विक्रमले बैठकमा कुरा राखे। ” फिस पनि नाम मात्रको हुन्छ नाममात्र शुल्क लिएर बालबालिकाहरू भर्ना गराइन्छ। अनि खुब मिहेनत गरेर पढाइन्छ तर पनि हाम्रो विद्यालयले जनताको विश्वास हासिल गर्न सकिन।”- मास्टर दिपकले पनि आफ्नो जिज्ञासा राखे।
स्कुलमा बिहानै देखि भर्ना अभियानमा कसरी जाने बारे छलफल चल्दै छ।
” यो बिगतमा स्कुलभित्र गरेको राजनीतिको परिणाम हो।
सितिमिती विश्वास जित्न गारो छ।”-टिचर विनाले पनि आफुलाई लागेको भनिन्।
” अङ्कलजी मैले भनौँ, कसरी घरघरै जानसकिन्छ ?”- यतिवेर चुपचाप सुनिरहेकी सानी बालिका ( मास्टर दिपककी छोरी)ले अनुमती मागिन्। उनी मुस्किलले पाँच वर्षकी हुँन।
“हस भन !”- हिमाल विक्रमले बालिका तिर हेरेर मुस्कुराउँदै ठट्यौली पारामा भने।
“अङ्कलजी ! स्कुलमा पढाउँने अध्यापक,टिचर,अनि सबै स्कुलका कर्मचारीहरूले पहिले आ-आफ्ना बाल- बालिकाहरूलाई यो आधारभूत विद्यालयमा भर्ना गरेर बल्ल त्यो संदेश लिएर गाउँमा सबैको घरघरमा जानुपर्छ।”- उक्त बालिकाको भनाई थियो।
” ओहो ! नानी यो गम्भिर कुरा त हामीले भुलेका थियौँ। तिम्रो मष्तिकमा यो कसरी आयो ? तिमीलाई धेरैधेरै धन्यवाद।”- प्रधान अध्यापकले बालिकालाई धन्यवाद दिए र यही विषयलाई नयाँ र प्रमुख प्रस्ताब बनाए र पारित गराए।