
राधा आचार्य
बुटवल,रुपन्देही
बिहानै चिरबिर चिरबिर
चरो करायो
उसको स्वर सुनेर
निद्रा हरायो।
झ्यालमा बस्न आउँछ चरो
धकै नमानी
विचित्रको लाग्छ मलाई
उसको कहानी।
आज धेरै जाडो छ
भन्दै भन्दैन
उड्न पाए अरूलाई
गन्दै गन्दैन।
झ्याल ढोका खुला भए
आफैँ आउँछ भित्र
बनाउनु छ आज मलाई
यसको राम्रो चित्र।
सिसाकलम समाउँछु
बस्छु चित्र कोरी
भन्नुहुन्छ बाबाआमा
स्याबास्!स्याबास्! छोरी।





