“हरिबोधिनी एकादशी” महिमा र जनविश्वास”

रामजी आचार्य
गैँडाकोट -२ नवलपुर

हरिबोधिनी एकादशी हिन्दु धर्मावलम्बीले आषाढ शुक्लपक्षको हरिशयनी एकादशी तुलसी रोपण गर्ने र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ त्यस दिन तुलसी विवाह गर्ने चलन चलिआएको छ । हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बर्द्धन गरिने वनस्पति तुलसीको धार्मिक महत्त्व त छ‌ंदैछ, अक्सिजन धेरै दिने तुलसीको वैज्ञानिक महत्त्व पनि पाइन्छ।
आषाढ शुक्लपक्षको हरिशयनी एकादशी आ-आफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत् विवाह सम्पन्न गरिदिने चलन पनि छ। यो प्रचलन किन र कहिलेबाट चल्यो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती तथा जन विश्वास रहेको छ । त्यसमध्ये एउटा किंवदन्ती यस्तो रहेको पाइन्छ । तुलसी (पौधा) पूर्व जन्ममा एक स्त्री थिइन जसको नाम वृन्दा थियो । राक्षस कुलमा जन्म भएको भए पनि वृन्दा सानैदेखि भगवान विष्णुको भक्त थिइन तर उनको विवाह राक्षस कुलका दानव राज जलन्धरसँग भयो ।राक्षस जलन्धर समुद्रबाट उत्पन्न भएका थिए । वृन्दा पतिव्रता स्त्री थिइन सधैं पतिको सेवा र सत्कार गर्थिन जब देवता र दानबीच युद्ध भयो त्यस समय जलन्धर पनि युद्धमा जान लागे अनि वृन्दाले भनिन “स्वामी तपाईं युद्धमा जाँदै हुनुन्छ । तपाईं जबसम्म युद्ध रहनु हुन्छ म पूजापाठ गरेर तपाईंको जीतको लागि अनुष्ठान गरिरहने छु । तपाईं युद्धबाट नफर्केसम्म म आफ्नो सङ्कल् र अनुष्ठान गरिरहने छु । जब जलन्धर युद्धमा गयो वृन्दा व्रतको संकल्प लिएर पूजा कोठामा गइन र कठोर व्रत गर्न थालिन व्रतको प्रभावले देवताले पनि जलन्धरलाई हराउन सकेनन् । सबै देवी ,देवता जब हार्ने अवस्था आयो अनि सबै देवता विष्णुको शरणमा गए र प्राथना गर्न थाले ।
भगवान विष्णुले वृन्दा मेरी परम भक्त हुन मैले उनलाई धोका दिन सक्दिन भनेपछि सारा देवताले कुनै उपाय बताउन आग्रह गरे त्यसपछि भगवान विष्णुले युद्धबाट नफर्केसम्म जीतको लागि प्रार्थना र तपस्या गरेर बसेकी वृन्दाको कठोर अनुष्ठान भङ्ग नगरी वृन्दाको तपस्यको प्रभावले जलन्धरलाई पराजय गर्न नसक्ने ठानेर अनेक उपाय सोच्न थाले आफ्नो पति घर फर्केपछि वृन्दाले तपस्या छाड्ने बुझेका विष्णु भगवाले देवाताहरुको जीतका लागि जलन्धरको रूप धारण गरेर वृन्दाको घरमा तपस्या गरिरहेको ठाउँमा पुगे । वृन्दाले जलन्धरको रुप धारण गरेर आएका विष्णुलाई आफ्नो पति नै फर्केर आएको ठानेर कठोर आरधना छाडेर उनको पाउमा छोइन ।तपस्याबाट उठेकाले वृन्दाको सङ्कल्प टुट्न गयो । त्यसको प्रभावले युद्धमा देवताहरुले जलन्धरको बध गर्न सफल भए । जलन्धरको शीर छेदन गरिदिए । जलन्धरको रुप धारण गरेका विष्णु आफ्नै अगाडि रहेको तर जलन्धरको शीर वृन्दाको महलमा पछारिए पछि वृन्दा आश्चर्यमा परिन । त्यसपछि भगवान विष्णुले आफ्नो वास्तविक रुप धारण गर्नु भयो तर केही बोल्न सक्नु भएन । त्यसपछि वृन्दाले भगवान विष्णुलाई आफूलाई छल गरेको र धोका भएकाले पत्थर भएर बस्न परोस् भनेर श्राप दिइन त्यसपछि विष्णु पत्थर हुन पुगे । त्यो देखेर सबै देवताहरु बीचमा हाहाकार मच्चियो ।त्सपछि देवताहरुको प्रार्थनापछि वृन्दाले आफ्नो श्राप फिर्ता लिइन। तर वृन्दा पतिब्रता भएकाले आफ्नो पतिको शीर लिएर उनी पतिसँगै सति गइन ।त्यहा अस्तुमा एउटा बिरुवा निस्कियो भगवान विष्णुले त्यो विरुवको नाम तुलसी राखिदिए ।र आफू सधै पत्थरका रूपमा रहने कुरा बताए ।त्यसपछि शालिग्राम र तुलसी पूजा गर्न थालिएको भन्ने किंवदन्ती पाइन्छ ।
विष्णुले देवताको जीतका लागि लिएको कठोर निर्णय र वृन्दाप्रतिको अन्यायको प्रश्चितका रुपमा कुनै पनि शुभ कार्यमा तुलसी प्रयोग अनिवार्य हुनु पर्ने अन्यथा कुनै पनि शुभकार्य सम्पन्न हुन नसक्ने कुरा विष्णुले बताए पछि तुलसीको पूजा हुन थालेको धार्मिक विश्वास रहेको छ । त्यसपछि कार्तिक महिनाको शुक्ल पक्षको एकादशीमा तुलसीको विवाह शालिग्रामका साथ गर्न थालिएको हो भन्ने विश्वास रहि आएक‍ो छ भन्ने जनविश्वास रहेको छ । यसरी स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो। सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो। त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो।
विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिईन्। त्यसपछि विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए। यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालीग्राम स्वरूपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो। त्यसै मान्यता विश्वासको आधारमा हिन्दुधर्माबलम्बिहरुले कार्तिक शुक्ल पक्षको एकादशी तिथिमा भगवान विष्णुको शालीग्राम रूपमा माता तुलसीको विवाह गर्ने प्रचलन चल्दै आएको हो भन्ने मान्यता पाइन्छ ।