पुण्य घिमिरे
बैत्यश्वर-६, दाेलखा
घर पर खेत, खेतै छेउ कुवा,
जाेत्न काका आए, काँध हलाेजुवा।
अघि अघि गाेरू, पाेकाे खाजा पुवा,
गराभरि भूँईँ फूल, सिमलका भुवा।
जुवामा छन् साेइला, बेरिएका जाेतारा,
दायाँ बायाँ नारिए, तारेमाले बिचरा।
हल्लुँड छिर्याे हरिस, लमतन्न भएर,
ह ह भने काकाले, गाेरू छेउ गएर।
सार मिली हिंडेका, तारेमाले हलमा,
तानी जाेत्दै गए, दुई काँध बलमा।
तिखाे तिखाे फाली, करूवाले कसेकाे,
बाँझाे फाेर्नलाई, माटाभित्र पसेकाे।
राँटा बस्ला भनेर, अनाै हातले मर्काए,
पल्लाे छेउ पुगेर, हाेरा गाेरू फर्काए।
लट्ठी थियाे हातमा, उजाई ह ह कराए,
गाेरू पिट्लान् ठानी, म त खुबै डराएँ।