
मणिराज भट्टराई
गठ्ठाघर , भक्तपुर
आज हामी साना छौँ
भोलि ठूला हुने छौँ
असल मान्छे भएर
देशको गहना बन्ने छौँ।
शिक्षा सीप लिएर
दक्ष योग्य हुने छौँ
श्रमले माटो सिंचेर
देशको चाहना बन्ने छौँ।
देश विदेश धुमेर
अनुभव राम्रो लिनेछौँ
उद्यम यहीँ गरेर
विश्वको छाना बन्ने छौँ।
कहिल्यै हामी हुँदैनौँ
यसको अनि उसको
प्रीय सबैको बन्ने छौँ
शान्त सुन्दर देशको।





