
अजित आचार्य
हामी साना साना, हामी बालबालिका
आज हामी साना, संसार हाक्ने भोलिका।
पढ्छौँ खेल्छौ बढ्छौँ, ज्ञान सीप सिकेर
सुन्दर संसार बनाउँछौँ, हामी सबै मिलेर।
यौटा साथी दुखी छ, अर्को साथी खुशी छ
सबै समान भन्ने छौँ, हाम्रो संसार सुखी छ।
आज हामी चाहन्छौँ खाना नाना सुरक्षा
भोलि हामी गर्ने छौँ , देश समाज सुरक्षा।।





