
डा.श्यामप्रसाद न्यौपाने
हाम्रो देश नेपाल
राम्रो देश नेपाल
खानी हो कि चाँदीको
सेतै अग्ला हिमाल ।।१।।
हिमालचुली पाखामा
चौरी गाई रमाउने
झरनाको गीतलाई
कोइलीले समाउने ।।२।।
फुत्त फुत्त खसेर
रमाइलो पार्दछ
थुप्रिएर हिउँले
चुली बनाई छाड्दछ ।।३।।
टल्कन्छ यो दिनमा
पाए घाम साथमा
निकै सुन्दर देखिन्छ
पूर्णिमाको रातमा ।।४।।





