होली


मोक्ष खतिवडा

‘आमा म त हिँडे है।’ सरोजले भन्यो। ‘कहाँ हिँडे भनेको ? खाना पनि खाएकै छैन?’ आमाले भन्नु भयो। परबाट एक हुल साथीहरू सरोज भएतिरै आइरहेका देखिए। हतार हतार खाना खाएर सरोज पनि बाटो लाग्यो। ऊ हिँडिसकेपछि मात्रै आमाले आज होली खेल्ने दिन भन्ने सम्झनुभयो।
अरु साथीहरू झैँ सुजनले पनि सरोजसँग मजासँग होली खेल्यो। सरोज र सुजनको बोलचाल बन्द भएको लगभग वर्ष दिन हुन लागेको थियो। यसरी उनीहरु होली खेलेको हेर्दै बसेको अर्को साथी सागरले अलि परतिर लगी ‘के हो सुजन आज त नबोल्ने साथीसँग पनि मजाले पो रङ खेलिस् त!’
‘यो पर्व त हामी बीचको आपसी द्वन्द, कलह,तुच्छता सबै नाश गरी प्रेम सद्भाव जगाउने पर्व पो हो। ‘सुजनले राम्रोसँग बुझायो।
सरोज पनि उनीहरूकै छेउमा आएर ‘हो त हाम्रा मनभित्रका ईर्ष्या, द्वेष जे जे थिए आजदेखि सबै समाप्त गरी मिलजुल हुनुपर्छ। यो होली पर्वले हामीलाई यही नै शिक्षा दिन्छ।’