“कहर”


पुण्यप्रसाद घिमिरे

हिउँ फुलेका बाेटमा,
भेडी ऊन काेटमा,
भ्या भ्या भेडी कराउँछ,
हाम्रैै भेडी गाेठमा।

हात फुटी चिरा छ,
लगलग जाडाे ओठमा,
चाैँरीलाई ह्या ह्या धपाउँदै,
नूनभारी भाेटमा।

फुरूरू कपास छर्दछ,
कालाे नीलाे पार्दछ,
हिउँकै फूल रूखमा,
चाँदीकै फल झार्दछ।

चाैँरीकाे ढाडमा हिउँ छ,
भेडी ढाड हिउँ छ
लगलगी मुटु काम्दछ,
मेराे नि हिउँ जिऊ छ।

एक्लाे लेक सुनसान,
भाेक ढिँडाे पर्खन्छ,
हिउँमा खुट्टा टेकेर,
भेडी र चाैँरी फर्कन्छ।

दनन आगाे बाल्न,
बाबाकाे काँधमा मूढाे छ
भुङरामा आलू पाेल्दै,
अगेनाे आगाे घूँडाे छ।

दही दूध भण्डार,
गाेठमा चाँरीकाे छुर्पी छ,
दाउरा घाँस काट्न,
आमाकाे कम्मर खुर्पी छ

गाेठै भाे गाउँ सहर,
अधुरा लेख पढ रहर,
सुसेल्दा डाँडा फर्काउँछ,
यस्तैछ मेराे कहर।