Categories: कविता

“किताब देऊ”


टिकाराम शर्मा पौडेल

किताब पाएर पढी रमाएँ ।
र कल्पनाका सित उड्न पाएँ ।।
कथा नि पाएँ कविता नि पाएँ ।
र गीत सङ्गीत सचित्र पाएँ ।।

हात्ती र घोडा पनि चढ्न पाएँ ।
समुद्र-प्राणीसित खेल्न पाएँ ।।
हराभरा जङ्गल दौडँदै छु ।
नदी र नालाबिच पौडँदै छु ।।

किताबले दिन्छ चुनेर लिन्छु ।
बसी बसी विश्व फनक्क घुम्छु ।।
म कल्पनाको पुतली बनेर ।
फर्कन्छु आफ्नै गुँड सम्झिएर ।।

आऊन् समस्या अब जुध्न सक्छु ।
मिलीजुली सिर्जन गर्न सक्छु ।।
किताब आमासरि साथमा छ ।
अज्ञान-मैलो अब खै कहाँ छ ??

किताब जस्तो कुन हुन्छ साथी ?
तिमी हुँदा चढ्दछु माथि माथि ।।
त्यसै हुँदा पढ्छु किताब देऊ !
खुसी भई बढ्‌छु किताब देऊ !!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नयाँ वर्ष २०८३

सुयोग ढकाल हाम्रो पात्रो नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ…

21 hours ago

बाँदरको शिक्षा

प्राशन्न धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो…

22 hours ago

संस्कार

राजन कार्की पाजु धरान सुनसरी पानी लिन जाँदा पँधेरामा रमा र विद्याको संयोगवस भेट भो…

5 days ago

महान् चातुर्य

नन्दलाल आचार्य गोलबजार, सिरहा ​"हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !" स्कुल जाँदैगर्दा…

5 days ago

“जीवनको लक्ष्य“

दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर…

6 days ago

घुम्तीपार

दुर्गा घिमिरे आज एस.एल.सी. नतिजा प्रकाशित भएको दिन थियो। स्कुलको सूचना पाटी अगाडि भीड लागेको…

7 days ago