खाना नफालौँ


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

खाना हाम्रो शक्ति
गरौँ ईश्वरको भक्ति
दाल,भात, रोटी
चाहिन्छ है पेटभरि

घामपानीमा भिजेर
खेतबारीमा जुटेर
मेहनतले उब्जेको
यस धर्तीले दिएको

थाल भरि लिएर
खाना छोडी हिँडेर
गाह्रो हुन्छ फलाउन
खाना फाल्न हुँदैन

एकएक गरी जोगाएर
भोलिको बन्छ आधार
चाहिएको लिने गर
नभरौँ थाल बेकार

एक अन्न दानाे नभन
परिश्रम मिसिएको छ
खेत, किसान, आमा बा
सबैको कथा कोरिएको छ

आफू बाँची बचाउनु अरु
फाल्ने कुरा कसैले नगरौँ
जोगाउने संस्कृति बन्नु छ
श्रमले आत्मनिर्भर बन्नु छ।