
महेश्वरी भट्ट
गणतन्त्र भनेको के हो त साथी?
सबै बराबरी, सबैको साथी।
धनी–गरिब, ठूलो–सानो,
सबैको अधिकार एउटै जानो।
बोल्न पाउने, लेख्न पाउने,
आफ्नो मतले नेता छान्ने।
स्कूल जानु हाम्रो अधिकार,
खेल्ने, हाँस्ने, पढ्ने उपहार।
बालबालिकाको उज्यालो बिहानी,
सपनामा होइन, अब त यथार्थ कहानी।
हाम्रो आवाज अब सुन्ने छन् सबै,
बालअधिकारमा पाइन्छ नभए।
लोकतन्त्रले सिकायो यति,
छैन डर, छैन अब नीति भाँति।
साथीहरू हो, बाँचौं साँचो प्रेमले,
देश बनाऔँ न्याय र नियमले।





